देउबा समुहको सत्ता लिप्साको कारण सबै कुरा गुमेको शेखर गगन समुहको निष्कर्ष
मुन्धुमस्टार डटकम — नेपाली कांग्रेसका शेखर कोइराला – गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको सानो गिरोहंको सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ । सो समूहको बुधबार बिहान राजधानीमा भएको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुज्ञ्ो,ं कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।ं
कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।
सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए । त्यसपछि शेखर-गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन । थापाले भने सरकार गठनका विषयमा दाहालसँगको छलफलमा आफूहरूलाई नबोलाएको भन्दै यसअघि नै असन्तुष्टि जनाइसकेका थिए ।
शेखर- गगन समूहले प्रदेशमा आफ्नो पक्षबाट संसदीय दलको नेतामा कसलाई अघि सार्ने र पुस २२ मा हुने केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न बुधबार बिहान बैठक गरेको थियो । समूहका धेरै नेताहरु बाहिर भएकाले छलफललाई निरन्तरता दिने गरी बैठक सकिएको थियो ।



