मुन्धुमस्टार डटकम — नेकपा एकता राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्ड नेतृत्वको सरकारमा निःशर्त सहभागी हुन सुझाब दिएका छन ।

तीनकुनेस्थित एकीकृत समाजवादीको पार्टी कार्यालयमा नेपालसहित सो पार्टीका नेताहरूसँग लामो छलफलमा गौतमले यस्तो सुझाब दिएका हुन ।

छलफलपछि संचारकर्मीहरूसँग कुरा गर्दै गौतमले नेपाललाई फूलमाला लगाएर नेपाल नेतृत्वको पार्टीलाई सरकारमा स्वागत गर्न प्रधानमन्त्री प्रचण्डलाई पनि आग्रह गरेका छन ।

‘संविधानलाई ट्रयाकमा ल्याउन प्रचण्ड प्रमुख भूमिकामा देखिए पनि त्यसको आधा मुटु, आधा ब्रेन, आधा शक्ति माधवकुमार नेपाल हुन्,’ गौतमले भने, ‘माधवकुमार नेपाल त्यहाँबाट छुट्नु हुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर गठबन्धनमा लैजानुपर्छ ।’

उनले अहिले सानै देखिए पनि एकीकृत समाजवादी प्रचण्डलाई यो भूमिकासम्म पुर्याउने प्रमुख पार्टी भएको बताए ।