गठबन्धन टिकाउन असफल भएको भन्दै कांग्रेस”कै नेताहरुले मागे देउवाको राजीनामा
मुन्धुमस्टार डटकम- सत्तागठबन्धन टिकाउन असफल भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै पार्टीका नेताहरुले राजीनामा मागेका छन।
सत्तागठबन्धन टिकाउन नसक्दा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा बस्नु पर्ने झोकमा कांग्रेसका नेता गुरुराज घिमिरले सामाजिक सञ्जालमा लेख्दै भनेका छन ,“नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। त्यसै गरी उनले हिजो पार्टीका साथीहरुले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइयोस भनेर आक्रोस पनि पोखेका छन।
कांग्रेसका अर्का नेता चन्द्र भण्डारीले पनि सामाजिक सञ्जालमार्फत भनेका छन्, “ठगतन्त्र, बेइमानी र धोकामात्र होइन, तिमी कहाँ छौ र तिम्रा सल्लाहकार कहाँ छन्, घटनाको जिम्मा लिनुपर्छ पर्दैन प्रमाणित गर ” भनेर आफ्नो फेसबुक स्टाटसमा लेखेका छन।



