सोमबार बिहानैदेखि उकालो लागेको नेप्से परिसूचकमा ५६.८६ अंकले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेर रोकिएको छ। आज ३.०५ प्रतिशतले बजार बढेको हो ।

साथै, २५० कम्पनीको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको र २ अर्ब ९ करोड ७० लाखभन्दा बढीको सेयर कारोबार भएको छ। नेपाल दुर सञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ। कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ। हिमालय डिस्टिलरी ११ करोडभन्दा बढीको कारोबार भएको छ ।

गुर्खाज फाइनान्स १० प्रतिशतले मूल्य वृद्धि भएको र धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ। आज १३ वटा उपसुचकहरूमध्ये अन्य सुचकमा २.२९ प्रतिशतले ओरालो लागेका छ ।

बाँकी सबै उपसुचकहरूमा हरियाली छाएको छ। सबैभन्दा धेरै फाइनान्सको ६.५२ प्रतिशत, हाइड्रो पावरको ५.१६ प्रतिशत, विकास बैंक र इन्भेष्टमेन्टको ४ प्रतिशत बढीले वृद्धि भएको छ। बैंकिङ, निर्जीवन बिमा र ट्रेडिङको ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। बाँकी अन्य उपसुचकमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेप्सेले जनाएको छ ।