मुन्धुमस्टार डटकम — नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी नहुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नजाने सचिवालय बैठकले निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

आइतबार नै दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति भएको हो । दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो ।

पछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए । उनले अहिले पार्टीले पर्ख र हेरंको नीति लिने बताए ।

हाम्रो मोटिभ चाहिँ अहिले यो सरकारमा सहभागी नहुने हो, यो सरकारमा बसेर काम हुँदैन,उनले भने।