नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् ।
देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको गाँठो फुक्ने बताएका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीति फेरि पनि च्याँखे दाऊमै रमाउने देखिँदैछ। विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केबल सत्ताको छिनाझम्टीमै सकिने भो। अस्थिरता नेपालको अभिशप्त नियति भो। देउवाले प्रचण्डलाई छोडे हुने। गठबन्धन नै गाँठो नपरोस् । शुभकामना।’
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
