Logo

संघीयताको औचित्य रहेन- विप्लव


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा संघीयताको औचित्य नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महासचिव विप्लवले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औँल्याए ।

उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको देखाएकाे उल्लेख गरे । उनले पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको भन्दै राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने बताए ।

नेपालमा अझै सम्म क्रान्ति नसकिएको हो भन्ने पत्रकारहरूको जिज्ञासामा विप्लवले आफूहरूले थालेको क्रान्ति मान्छे मार्ने नभइ वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको  निर्माण गर्नु रहेकाे बताए ।

उनले सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको जनाउँदै थप संकटतर्फ धकेलेको जनाए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए ।

पछिल्लो समय नेपालमा कम्युनिस्ट पार्टीहरू एक हुनुपर्नेमा जोड दिँदै उनले नेपाललाई सिध्याउन चाहने विदेशी शक्तिहरूकाे ‘निद्रा हराम’ भएको जिकिर गरे ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्