Logo

चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा जाँदै


चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता साउदी अरबको भ्रमणमा जाने भएका छन् । तीनदिने भ्रमणको क्रममा उनले विश्वको सबैभन्दा धेरै तेल निर्यातक देश साउदी अरबका राजासँग भेटवार्ता गर्नेछन् ।

आधिकारिक साउदी प्रेस एजेन्सीले चिनियाँ राष्ट्रपति सी बुधबार भ्रमणका लागि आउने उल्लेख गरेको छ । उनले ६ सदस्यीय खाडी सहयोग परिषदका प्रमुखहरुँगको एक शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

साथै उनले चीनको फैलिंदो सम्बन्धलाई अझ बढी बलियो बनाउने उद्देश्यले मध्यपूर्वका अन्य देशका नेताहरुसँग पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएपछिको सीको यो तेस्रो विदेश भ्रमण हो । २०१६ पछि साउदी अरबको उनको यो पहिलो भ्रमणसमेत हो । साउदी अरब र अमेरिकाबीचको ऊर्जा नीतिदेखि लिएर क्षेत्रीय सुरक्षा तथा मानवअधिकारका मुद्दाका बीच हुन लागेकाले सीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्