Logo

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च फर्कने तयारी


सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संघीय संसद् सचिवालयले उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र सर्वोच्चमा पठाएको छ ।

बुधबार सचिवालयले सो व्यहोराको पत्र पठाएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

योसँगै चोलेन्द्र पदमा फर्कने बाटो खुलेको छ । उनी आजै प्रधानन्यायाधीशका रूपमा सर्वोच्चमा फर्कने तयारीमा रहेको स्रोतले बताएको छ ।

गत वर्ष फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्