मुन्धुमस्टार डटकम — नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले मतदान हुन बाँकी केन्द्रमा एकीकृत समाजवादीलाई समानुपातिकमा भोट हालेर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्न गठबन्धनलाई सुझाव दिएका छन ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता शर्माले यस्तो सुझाव दिएका हुन । उनले गठबन्धनको बहुमत नपुग्ने अवस्था आएकोप्रति मध्यनजर गर्दै बाँकी गणनामा तीन प्रतिशत पुगोस भनेर कामना गरौँ, अपुग भए समाजवादीलाई समानुपातिकमा भोट बढाउन सहयोग गर्नु नै उत्तम विकल्प हुने सुझाव दिए ।
उनले लेखेका छन्, ‘पहिलो कुरा अबको बाँकी गणनामा आफैँ तीन प्रतिशत पुगोस कामना गरौँ ! थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिह्नमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौँ !’
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
