मत गणनास्थलबाट बाहिरिए झलनाथ खनाल, आजै काठमाडौँ फर्किँदै
मुन्धुमस्टार
नेकपा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चुनाव हार्ने निश्चित देखिएपछि मतगणनास्थल छाडेर काठमाडौँ फर्किएका छन्। इलाम क्षेत्र नम्बर १ मा गठबन्धनको उम्मेदवार बनेका खनाल एमालेका महेश बस्नेतसँग ३ हजार मतले पराजित हुने देखिएपछि भद्रपुर विमानस्थलतर्फ लागेका छन् ।
खनाल आजै काठमाडौँ फर्किने गरी इलामबाट भद्रपुरतिर लागेका हुन्। मतगणनास्थलमा रहेका एमालेनिकट युवा संघका स्थायी कमिटी सदस्य निरोज पौडेलले पूर्वप्रधानमन्त्री खनाल मत गणनास्थलबाट हिँडेको बताए। उनी गणना भइरहेको नजिकै घर लिएर चुनावभरी बसेका थिए ।
इलाम १ को मतगणना सूर्योदय नगरपालिका कार्यालय फिक्कलमा भइरहेको छ। प्रदेशतर्फ भने नेकपा एसकी खिनु लिनुङ्वा र समसेर राई अगाडि छन्। हिँड्नुअघि खनालले बिजेता बन्न लागेका महेश बस्नेतलाई बधाईसमेत नदिइ बाहिरिएका छन् ।



