काठमाडौं, ८ मंसिर
झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई तीन हजार दुई सय ७६ मतान्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर-१, बाँके-२, जुम्लामा विजयी हासिल गरिसकेकाे छ ।
अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।-न्युज कारखाना
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
