काठमाडौँ: इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले झन्डै १२ सय मतको अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ९ हजार २१८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार २५ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा नेम्वाङ र खड्काबीच कडा टक्कर देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार यी दुई प्रतिस्पर्धी अघिपछि हुँदै आएका छन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
