Logo

सुनसरी– १ मा गठबन्धनका मुक्साहाङ मेन्याङवोको अग्रता


सुनसरी क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धनका उमेदवार माओवादी केन्द्रका मुक्साहाङ मेन्याङवोले अग्रता लिएका छन् । प्रतिनिधिसभाको ७ हजार ४३६ मतगणना हुँदा माओवादी गठबन्धनका उमेदवार मुक्सामहाङ मेन्याङ्वोले १ हजार ५५५ मत पाएर अग्रता लिएका छन् ।

उनलाई जनता समाजवादीका उमेदवार अशोक कुमार राईले पछ्याइरहेका छन् । जसपाका राईले १ हजार ३४१ मत पाएका छन् । यसअघिको मतगणनामा अग्रता कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १ हजार २८८ मत पाएर तेस्रो स्थानमा छिन् ।

स्वतन्त्र उमेदवार खरायो चिह्नकन मनोज मेन्याङवोको १ हजार १५४ मत पाएर तस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार अशोक राई अविरल १ हजार ५६ मतसहित चौथो स्थानमा छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्