Logo

गोरखा–२ मा १२,६१५ मतगणना : प्रचण्ड तेब्बर मतान्तरले अगाडि


प्रतिनिधिसभा सदस्यतर्फ गोरखा क्षेत्र नम्बर–२ मा १२ हजार ६१५ मतगणना गरिएको छ ।

अहिलेसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी उमेदवारभन्दा तेब्बर मतान्तरसहित अगाडि छन् । प्रचण्डले सात हजार २२८ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कवीन्द्र ब्ुर्लाकोटीले दुई हजार १० मतसहित पछ्याइरहेका छन् ।

यस्तै, नेकपा (एमाले)का उमेदवार अब्दुस मियाँ एक हजार ६९८ मतसहित तेस्रो स्थानमा छन् ।

गोरखा–१ मा राजेन्द्रको फराकिलो अग्रता

गोरखा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बजगाईं मतान्तर फराकिलो पार्दै अघि बढेका छन् । अहिलेसम्म उनले एक हजार ८२१ मत पाएका छन् । एमालेका उमेदवार रामशरण बस्नेतले ४१९ मत ल्याएर उनलाई पछ्याउँदै छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्