गोरखा–२ मा प्रचण्डले लिए ३,४०८ मतको अग्रता

काठमाडौँ: प्रतिनिधिसभा सदस्यतर्फ गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।
हालसम्म यहाँ आठ हजार ५४० मतगणना गरिएको छ। त्यसमध्ये प्रचण्डले चार हजार ८३२ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी एक हजार ४२४ मत पाएका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार अब्दुस मियाँले एक हजार १७६ मत पाएका छन् ।