ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फूलबारी मतदान केन्द्रमा मतदान स्थगन भएको छ । उमेदवार र गाउँपालिका अध्यक्षबीच मनमुटाव हुँदा वातावरण अशान्त बनेको हो ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस उमेदवार खगेनसिंह हाङगाम मतदान केन्द्रमा पुगेका बेला झडप भएको स्थानीयले बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अधिकृत दिनेश खनालले दिएको जानकारी अनुसार गठबन्धन र नेकपा (एमाले)का कार्यकर्ताबीच मनमुटाव भएर झडपको स्थिति सिर्जना भएपछि दुई राउन्ड हवाई फायर गरिएको छ ।
“स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ । तर, दुवै पक्ष मानिरहेको अवस्था छैन,” उनले भने ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
