Logo

उत्तर कोरियाद्वारा अन्तरमहादेशिय शक्तिशालि ब्यालेष्टीक क्षेप्यास्त्र परिक्षण


 

मुन्धुमस्टार डटकम​- उत्तर कोरियाले इन्टर कन्टिनेन्टल बलिस्टिक मिसाइल (आइसीबीएम) भनिने लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको दक्षिण कोरियाले बताएको छ।

जापानी तटरक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र होक्काइडो क्षेत्रबाट करिब २१० किलोमिटर पर समुद्रमा खसेको हुनसक्छ। प्योङ्याङका लामा दूरीका क्षेप्यास्त्रहरू अमेरिकासम्म मार हान्न सकिने किसिमका बनाइएका छन्।

गत दुई महिनामा उत्तर कोरियाले ५० भन्दा धेरै क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको छ। ती मध्ये अधिकांश छोटो दूरीका थिए। तर लामो दूरीका क्षेप्यास्त्र भने दुर्लभै प्रहार हुने गर्छन्। तिनले परमाणु क्षमताका युद्धशीर्ष बोक्न सक्छन अनि अमेरिकी भूमिसम्म पुग्न सक्छन्।

पछिल्लो सन्दिग्ध आइसीबीएमको परीक्षण प्रहार स्थानीय समय सवा दश बजे प्योङ्याङ नजिकैबाट गरिएको दक्षिण कोरियाका वरिष्ठ सैन्य अधिकारीहरूले बताएका छन्। सो क्षेप्यास्त्र ६ हजार १ सय किलोमिटरको उचाइसम्म पुगेको र म्याक २२ सम्मको अत्यन्त तीव्र गतिमा १ हजार किलोमिटर पर पुगेको दक्षिण कोरियाको सेनाले बताएको छ।

जापानका रक्षामन्त्री यासुकाजु हमादाले उक्त क्षेप्यास्त्र अमेरिकासम्म पुग्ने क्षमतायुक्त भएको र त्यो १५ हजार किलोमिटर दूरी तय गर्न सक्षम भएको बताए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्