सन २०२४ को राष्ट्रपति चुनावमा उठ्ने ट्रम्पको घोषणा

मुन्धुमस्टार डटकम — सन २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उठ्ने भएका छन । यसअघि रिपब्लिकन पार्टीबाट ट्रम्पले मंगलबार राति आगामी राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन ।
ट्रम्पले उम्मेदवारी दिने घोषणा गर्दै भनेका छन्, अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन मैले आज राति राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गर्दैछु । आफूले अमेरिकी नागरिकहरूबाट अपार माया पाएको उल्लेख गर्दै उनले अगाडि भने, ंआजदेखि चुनावको दिनसम्म यसअघि कसैले नलडेको जसरी म लड्नेछ । हामीले अमेरिकालाई तहसनहस पार्न खोज्ने ंकट्टरपन्थी डेमोक्रेटिकं लाई हराउनेछौँ ।ं
ट्रम्पले रुसले नेटोलाई आक्रमण गरिरहँदा राष्ट्रपति बाइडेन निदाइरहेको समेत आरोप लगाएका छन । ट्रम्पले बाइडेनले युक्रेन द्वन्द्वलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदैृ अमेरिकालाई आणविक युद्धमा तानेको बताएका छन । राष्ट्रपति बाइडेन भने जी-२० सम्मेलनका क्रममा यतिबेला इन्डोनेसियाको बालीमा छन । उनले विश्वका विभिन्न देशका नेताहरूसँग भेटिरहेका छन ।
राष्ट्रपति भएपछि उनले पहिलो पटक चिनियाँ समकक्षी सी चिनफिङसँग पनि प्रत्यक्ष कुराकानी गरेका छन । यसले अमेरिकी-चीन सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
ट्रम्पले आगामी चुनावमा उम्मेदवारी दिने घोषणा गरिरहँदा बाइडेनको टिमले प्रतिक्रिया जनाएको छ । ट्रम्पले अमेरिकालाई महान बनाउनं आफूले पुनः उम्मेदवारी दिने घोषणा गरिरहँदा जो बाइडेनको निजी ट्विटर ह्यान्डलमा लेखिएको छ, ट्रम्पले अमेरिकालाई असफल बनाए ।