Logo

मतदाताको घरघरमा बाँड्न लागेकाे डेढ क्वीन्टल मासु प्रहरिद्वारा बरामत


 

मुन्धुमस्टार डटकम​- आचारसंहिता विपरीत मतदाताको घरघरमा वितरण गर्नका लागि बनाउँदै गरेको अवस्थामा डेढ क्वीन्टल कुखुराको मासु बरामद गरिएको छ। रौतहट सदरमुकाम गौर नगरपालिका ९ सिर्सियाबाट गए राति रौतहट प्रहरीले डेढ क्वीन्टल मासु बरामद गरेको हो।

स्थानीय बिनोद सिंहले घरघरमा वितरण तथा भोजभतेरको लागि कुखुराको मासु बनाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढा मगरले भोजभतेरको लागि मासु बनाउँदै गरेको बेला सिंहलाई मासुसहित नियन्त्रणमा लिएको जानकारी गराएका छन्।

भोजभतेर गर्न नपाइने र कसैको घरघरमा केही बाँड्न पनि नपाइने स्पष्ट आचारसंहितामा उल्लेख छ। ठूलो परिमाणमा मासु बनाउँदै गरेको अवस्थामा सिंहलाई नियन्त्रणमा लिएको र सम्झाइबुझाइ गरेर छाडिएको एसपी मगरले बताए।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्