Logo

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने ? आज सुनुवाइ हुँदै


राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उमेदवारी खारेज कानुनसम्मत रहेको भन्दै सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगको मुद्दामा आज सुनुवाइ हुँदै छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा सो सुनुवाइको पेसी तोकिएको छ । निर्वाचन आयोगले तोसिमा ‘लाभको पद’मा रहेको भन्दै उमेदावरी खारेज गरेको थियो । आयोगको सो निर्णयविरुद्ध तोसिमाले अदालतमा रिट दायर गरेकि थिइन् ।

रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएको थियो । सोही आदेशविरुद्ध आयोगले अन्तरिम आदेश खारेजीको निवेदन पेस गरेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्