Logo

पार्टीको माया नगर्ने र मत बेच्नेलाई जमानत जफत गराउनुस्- केपी ओली


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै ‘बोल्न पनि नसक्नेले केही गर्न नसक्ने’ टिप्पणी गरेका छन् ।

शनिबार डोटीको सदरमुकाम दिपायलमा आयोजित चुनावी सभामा ओलीले भने, “६० वर्षदेखि भारतीय अतिक्रमणको चपेटामा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई हामीले नेपाली नक्सामा समावेश गरेका थियौँ । मैले अस्ति दार्चुलामा गएर उक्त भूमि फिर्ता ल्याउने कुरा गरेँ । तर, प्रधानमन्त्रीज्यूले बोलेर हुन्छ ? भन्नुभएको छ । बोल्न पनि नसक्नेले केही गर्ला ?”

भारतले नेपालप्रति गरेको तत्कालीन नाकाबन्दीको विषयमा देउवाले एक शब्द पनि बोल्न नसकेको उनको भनाइ थियो ।

कांग्रेसका कार्यकर्ताले रुखमा भोट समेत हाल्न नपाउने गरी गठबन्धन गरिएको भन्दै लोकतन्त्र जोगाउने पार्टी अब एमाले भएको ओलीले जिकिर गरे । “पहिले चितवनमा मात्रै थियो, अब कांग्रेसले देशैभरि रुखमा भोट हाल्न नपाइने भयो,” उनले भने, “कमसेकम लोकतन्त्रको पहरेदार अब एमाले हो । एमालेले अर्का पार्टीका कार्यकर्ता भनेर छुट्ट्याउने छैन ।

समान विकास गर्नेछ ।”सत्ता गठबन्धनका तर्फबाट डोटीमा प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको आरोप ओलीले लगाए । “मन्त्रीको भाषा हेर्नुभयो, यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टीबाट उमेदवार बनेको सुनियो । त्यस्ता विश्वासघाती, पार्टीको माया नगर्ने र मत बेच्नेलाई जमानत जफत गराउनुस्,” उनले भने ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्