Logo

पाकिस्तानि पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


 

मुन्धुमस्टार डटकम — पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको हत्या प्रयास भएको छ । उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।

गोली प्रहारपछि खानलाई गाडीमा हालेर अस्पताल लगिँदै । उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पीटीआई का नेता फवाद चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी समाचार संस्था डनले लेखेको छ ।

खान केही सहायता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन । उनीसँगै र्‍यालीमा सहभागी केही घाइते भएको बताइएको छ । गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन ।

खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्