साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । आज नेप्से २७.९२ अंकले घटेर बन्द भएको छ ।

नेप्से १.३७ प्रतिशतले घटेर २०१०.०१ को विन्दुमा पुगेको छ । आज २२७ कम्पनीका ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार २८१ रुपैयाँबराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.२१ प्रतिशतले घटेर ३८६.९४ को विन्दुमा पुगेको छ । आज सबै समूहको परिसूचक घटेको छ ।