काठमाडौं । अघिल्लो दिन ३६ अंक बढीले घटेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार सामान्य अंकले सकारात्मक रह्यो । यसदिन सेयर बजार परिसूचक नेप्से ४.९४ विन्दुले सकारात्मक बनेर २३२५.४५ विन्दुमा उक्लियो ।

यसदिन कारोबार सुरु भएको करिब तीन मिनेट बढेको नेप्से त्यसपछि ओरालो लागिरह्यो । दिउँसो २ बजेर १७ मिनेटदेखि २ बजेट ५३ मिटेनको समयमा २३३३ विन्दु पार गरेको थियो । त्यसपछि फेरि ओरालो लागेको नेप्से करिब ५ अंकले मात्रै सुधारिएको हो ।

यसदिन कारोबार रकममा पनि सामान्य सुधार आयो । २३१ कम्पनीको ३९ लाख ९१ हजार कित्ता सेयर एक अर्ब ६२ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन १०० कम्पनीको सेयर मूल्य सामान्य बढ्दा ८६ कम्पनीको मूल्य झर्‍यो भने १० कम्पनी स्थिर रह्यो । यसदिन जालपा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।