नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्रीस्तरीय बैठकमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।
साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुईदिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका थिए ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
