Logo

वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार छ- प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताएका हुन् ।

वैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृति विसङ्गति रोक्न व्यवसायीहरूको सहयोगको आवश्यकता रहेको उनले बताए । समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरूलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ सुरुआत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार व्यवसायीहरूले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न आग्रह गरे । उनले व्यवसायीहरूले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्