नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार रोकिएको छ । १२ बजेर ५२ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो ।

टीएमएसमा समस्या आएकाले केही समय कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए । “टीएमएसमा ब्रोकरको स्टोरेजमा केही समस्या आएकाले र धेरै ब्रोकरको सिस्टम नचलेकाले बन्द गरेर समस्या समाधान गर्ने कार्य भइरहेको छ ।

छिट्टै समस्या समाधान भएर कारोबार सुरु हुन्छ,” उनले भने । १२ बजेट ५३ मिनेटदेखि रोकिएको कारोबार यो समाचार तयार गर्दासम्म सुरु भएको छैन । धितोपत्र दलाल व्यवसायी भरत रानाभाट अनलाइन सिस्टम नै नखुलेको बताउँछन् ।