सम्झौता अनुसार सेवासुविधा नदिने विदेशी कम्पनीलाई का’लो सूचीमा राख्छौ – मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई सेवासुविधा नदिने कम्पनीहरुलाई का’लो सूचीमा राखिने बताएका छन्।
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग सोमबार भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई का’लो सूचीमा राखिने र त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताएका हुन्।
मन्त्री श्रेष्ठले उनीहरुसँग वैदेशिक रोजगारी र पुन:एकीकरणबारे छलफल गरेका हुन्।
विदेशबाट फर्किएकाहरुले महामारीको समयमा रोजगारी गु’माएको र बाँकी पारिश्रमिक समेत नपाएको गु’नासो गरेका थिए।
उनीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बि’रामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनु पर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए।
साथै उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुः’ख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गु’नासो गरेका थिए।
गै’रकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्यून तलवमा काम गर्नुपरेको तथा हिं’साको शि’कार भएको गु’नासो गरेका थिए।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो।
कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुर्नमिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताए।



