बजार परिसूचकसँगै कारोबार रकम पनि सु’स्ताउँदै
साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गि’रावट भएको छ ।
बिहीबार बजार परिसूचक नेप्से ३.२२ अंकले घटेर २७३१.७८ अंकमा ब’न्द भएको छ ।
सामान्य उतारचढाव देखिएको बजारमा कारोबार रकम भने ओ’रालो लागेको छ । बुधबार चार अर्बमाथिको कारोबार भएको बजारबाट तल झरेको छ ।
आज नेप्सेमा ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर कारोबार हुँदा तीन अर्ब ७८ करोड ९८ लाख नौ हजार रुपैयाँको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको अन्तिम तयारी गरिरहँदा सेयर लगानीकर्ता भने मौद्रिक नीति समीक्षाको पखाईमा रहेका छन् ।
जसले गर्दा बजार परिसूचकमा पनि खासै उतारचढाव देखिएको छैन । राष्ट्र बैंकले शुक्रबार वा ढिलोमा आइबार मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।
बजारलाई लिड गर्ने बैंकिङसहित होटेल तथा पर्यटन र अन्य उपसूचकमा वृद्धि हुँदा पनि अधिकांश उपसूचकमा गि’रावट हुँदा नेप्से सामान्य घटेको छ ।
बैंकिङ उपसूचक ०.५४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ०.७६ प्रतिशत र अन्य उपसूचक ०.९१ प्रतिशतले बढेको छ ।
यता, व्यापार उपसूचक सर्वाधिक १.४४ प्रतिशतले गि’रावट हुँदा विकास बैंक उपसूचक १.३४ प्रतिशत र निर्जीवन बिमा उपसूचक १.२८ प्रतिशतले घटेको छ ।
यस्तै, लघुवित्त उपसूचक पनि ०.९७ प्रतिशतले घटेको छ । सुस्त देखिएको बजारमा कारोबार रकममा नेपाल दूरसञ्चार कम्पनीले लिड गरेको छ ।
कम्पनीको २६ करोड ५७ लाखको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको १६ करोड, सिभिल बैंकको १४ करोड ७९ लाख, साना किसान र नबिल बैंकको १० करोडको कारोबार भएको छ ।
आज नेप्सेमा कुल १८७ कम्पनीको सेयर कारोबार भएकोमा ६१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२१ कम्पनीको घटेको छ ।
पाँच कम्पनीको भने स्थिर रह्यो । आज कारोबार भएका मध्ये समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.२७ प्रतिशतले वृद्धि हुँदा सामलिङ पावरको ८.१७ प्रतिशत, तारागाउँ रिजेन्सी होटेलको ५.९५ प्रतिशत, कुमारी बैंकको ४.०९ प्रतिशत र सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य ३.८६ प्रतिशतले बढेको छ ।
सेयर मूल्य घट्नेमा भने मानुषी लघुवित्त अग्रस्थानमा देखिएको छ । कम्पनीको सेयर मूल्य ६.९३ प्रतिशतले ओरालो लाग्दा साना किसान लघुवित्तको ५.०८ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.९५ प्रतिशतले घटेको छ ।



