साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा समान्य वृद्धि भएको छ ।

सोमबार बजार परिसूचक नेप्से ७.९० अङ्कको वृद्धि हुँदा २७६५.४४ अङ्कमा ब’न्द भएको छ ।

नेप्से परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने निरन्तर ओ’रालो लाग्दै गएको छ ।

आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन ।

आज बजारमा ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९१ लाख ६२ हजारको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सामान्य वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बिममा र उत्पादनमुलक उपसूचकमा भने गिरावट भएको छ ।

वित्त कम्पनी उपसूचकमा सवार्धिक ०.८८ प्रतिशत गिरावट हुँदा विकास बैंक उपसूचक ०.६५ प्रतिशत, र उत्पादनमुलक उपसूचकमा ०.३८ प्रतिशतले गिरावट भएको छ ।

यता होटेल तथा पर्यटन उपसूचक सवार्धिक ४.५१ प्रतिशतले वृद्धि हुँदा, अन्य उपसूचक १.३३ प्रतिशत, निर्जीवन बिमा उपसूचक ०.८१ प्रतिशत, लगानी उपसूचक ०.८३ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.१६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्ने तयारीमा रहँदा लगानीकर्ताको त्यसकै पर्खाइमा छन् ।

जसले गर्दा बजारमा खरिद र सेलिङ दुवैतर्फ सुस्तता छाएको छ ।

केन्द्रीय बैंकले यही साता सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति समीक्षामा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगाएको ४/१२ को सीमा हटाउनुपर्ने भन्दै ठुला लगानीकर्ताले लबिङ गरिरहेपनि त्यसमा पुनर्विचार हुने अवस्था छैन ।

जसले गर्दा ठुला लगानीकर्ताको मनोवल वृद्धि हुने सकेको छैन ।

कारोबार रकम निरन्तर ओरालो लाग्दा बजारमा आज पनि केही समययता लगानीकर्ताको आकर्षण रहेको महालक्ष्मी विकास बैंकले लिड गरेको छ ।

बैंकको सवार्धिक ३४ करोडको कारोबार हुँदा, नेपाल दुरसञ्चार कम्पनीको २९ करोड र अरूण कावेली पावरको करिब १५ करोडको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा ९४ कम्पनीको सेयमुलय वृद्धि हुँदा ८४ कम्पनीको घटेको छ भने ८ कम्पनीको सेयमूल्य स्थिर रहेको छ ।

मानुषी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा चन्द्रगिरि हिल्सको ९.७५ प्रतिशत, खानिखोला हाइड्रोपावरको ५.०३ र नेपाल इन्स्योरेन्सको सेयरमूल्य ४.०८ प्रतिशतले बढेको छ ।

यता कर्पोरेट डेभलमपमेन्ट बैंकको सेयरमूल्य सवार्धिक ३.०७ प्रतिशतले गिरावट हुँदा रिलायन्स फाइनान्सको सेयरमूल्य ३.०६ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयमूल्य २.६० प्रतिशत, साना किसान लघुवित्तको सेयरमुल्य १.९८ प्रतिशत, र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्य १.९५ प्रतिशतले घटेको छ ।