साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अङ्कको गि’रावट भएको छ ।

आइतबार बजार परिसूचक नेप्सेमा ११.६० अङ्कको गिरावट हुँदा २७५७.५३ अङ्कमा बन्द भएको छ ।

बजार परिसूचकसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर र उत्पादनमुलक उपसूचक भने बढेको छ ।

उत्पादनमुलक उपसूचक १.४९ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.४१ प्रतिशतले बढेको छ ।

यता व्यापार उपसूचकमा सवार्धिक १.८७ प्रतिशतले गिरावट हुँदा, अन्य उपसूचक १.८३ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.५१ प्रतिशतले घटेको छ । यस्तै, बैंकिङ उपसूचक भने ०.२८ प्रतिशतले घटेको छ ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि सुस्तता छाएको छ ।

आज नेप्सेमा ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजारको कारोबार भएको छ ।

आज कारोबार रकममा महालक्ष्मी विकास बैंकले लिड गरेको छ ।

बैंकको करिब ५१ करोडको कारोबार हुँदा नेसनल हाइड्रोपावरको २३ करोड ८४ लाख ५० हजार र नेपाल दुरसञ्चार कम्पनीको २२ करोड ६२ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा नारायणी डेभलमेन्ट बैंक र मानुषी लघुवित्तको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यस्तै, कर्पोरेट डेभलमेन्ट बैंकको सेयरमूल्य ८ प्रतिशतलेले वृद्धि हुँदा हिमाल दोलखा पावरको ६.४ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ४.१९ प्रतिशतले बढेको छ ।

यता तेह्रथुम पावरको सेयरमूल्य सवार्धिक ४.२१ प्रतिशतले गिरावट हुँदा आईसीएफसी फाइनान्सको ३.८९ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ३.६१ प्रतिशत, नेसनल माइक्रोफाइनान्सको ३.२८ प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ३.२८ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा कारोबार भएको १८७ कम्पनीमध्ये ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ११५ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयरमूल्य स्थिर रहेको थियो ।