तिहारपछि लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गि’रावट देखिएको छ ।

सोमबार १९ अंकले गि’रावट भएको सेयर बजारमा मंगलबार प्रि ओपनिङ सेसनमा सामान्य वृद्धि भए पनि नियमित सेसन सुरु भएपछि नेप्सेमा लगातार गि’रावट भयो ।

आज बजार परिसूचक नेप्सेमा ७९.७९ अंकको गिरावट हुँदा २७४९.८५ अंकमा बन्द भएको छ ।

नेप्सेमा उच्च अंकको गि’रावट भए पनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ ।

सोमबार चार अर्ब ४० करोडको कारोबार भएको बजारमा आज कारोबार रकम साढे ६ अर्ब नाघेको छ ।

आज  नेप्सेमा एक करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनेबच हुँदा  ६ अर्ब ५२ करोड ७७ लाख ३० हजारको कारोबार भएको छ ।

आज नेप्सेसँगै सबै उपसूचकमा पनि गि’रावट भएको छ । वित्त कम्पनी उपसूचकमा सर्वाधिक ५.२९ प्रतिशत र विकास बैंक उपसूचक ५.२५ प्रतिशतले घटेको छ ।

यस्तै, अन्य उपसूचक ४.१२ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.५८ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३.४५ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.२१ प्रतिशतले गि’रावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक सबैभन्दा कम १.९१ प्रतिशतले घटेको छ ।

आज बजारमा नबिल बैंकले लिड गरेको छ । बैंकको २९ करोड ८२ लाखको कारोबार हुँदा सहास ऊर्जाको २५ करोड ७९ लाख र अपी पावरको २२ करोड ३६ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा १८७ कम्पनीको सेयर कारोबारमा आएकोमा १७९ कम्पनीको सेयर मूल्यमा गि’रावट भएको छ ।

यस्तै, सात कम्पनीको सेयर मूल्य वृद्धि हुँदा एक कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज कारोबार भएका मध्ये साहस ऊर्जा, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य बढेर सर्किटले लेभलमा बन्द भएको छ ।

यस्तै,  युनिलिभर नेपालको १.७३ प्रतिशत र प्राइम कमर्सियल बैंकको सेयर मूल्य १.५७ प्रतिशतलले वृद्धि भएको छ ।

आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य भने घटेर न’कारात्मक सर्किट लेभलमा बन्द हुँदा मिथिला लघुवित्तको सेयर मूल्य ७.४२ प्रतिशत, गुडविल फाइनान्सको ६.८५ प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ६.८३ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको समीक्षाको तयारीमा जुटेको अवस्थामा बैंकमा देखिएको लगानीयोग्य पुँजीको अभाव समाधान गर्न केही लचकता अपनाउन सक्ने स्रोत बताउँछ ।

त्यसबाहेक यसअघि ब्याजदर नियन्त्रण गर्न लगाएको ‘क्याप’को विषयमा पनि पुनर्विचार गर्न सक्ने स्रोत बताउँछन् ।

लगानीयोग्य पुँजीको सहजताका लागि लचकता अपनाउँदा पनि ९० प्रतिशतको सीडीलाई भने नचलाउने स्रोतको दाबी छ ।