बिहीबार सेयर बजारमा १३.०४ अंक वृद्धिसँगै परिसूचक २७८२ अंक कायम भएको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ११३ वटाको मूल्य बढेको छ भने ७१ वटाको कम भएको छ। त्यस्तै ३ कम्पनीको मूल्य स्थिर छ।

बुधबारको तुलनामा आज कारोबार रकम घटेको छ।

हिजो ६ अर्ब ६१ करोड बढीको कारोबार भएकामा आज जम्मा ५ अर्ब ३९ करोड बढीको सेयर किनबेच भएको छ।

आज सबभन्दा धेरै मूल्य बढ्ने कम्पनी रिडी हाइड्रोपावर हो। यसको मात्र आज मूल्य १० प्रतिशतले बढेको छ।

मनकामना स्मार्ट लघुवित्तको ९.३९ प्रतिशत र हिमालयन हाइड्रोपावरको ९.२४ प्रतिशत मूल्य बढेको छ।

अन्य कम्पनीको भने ८ प्रतिशत हाराहारीमै मूल्य बढेको छ।