साताको पहिलो दिन सेयर बजार २७ अंकले बढ्यो
साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७.५१ अंकले बढेको छ। यो सँगै समग्र परिसूचक २५८५ अंक पुगेको छ।
आइतबारको कारोबार रकम भने २ अर्ब ७७ करोड रूपैयाँ मात्र भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आइतबारको कारोबारमा ब्यापार उपसमूह २० अंकले घट्दा बाँकी सबै उपसमूह बढेका छन्।
बैंकिङ ६.१३, होटल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत ६५.१४, फाइनान्स ८९.२५, निर्जीवन बीमा ३९.५५ र जीवन बीमा उपसमूह ६७. ३१ अंकले बढे। त्यस्तै उत्पादन १०५.५४, अन्य ५५.५६ र लघुवित्त उपसमूह ५३.९४ अंकले बढेका छन्।
नेप्सेका अनुसार आइतबार कुल १५० कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दा सबैभन्दा धेरै गुमाउनेमा मेरो माइक्रोफाइनान्सले १० प्रतिशत गुमाएको छ।
अघिल्लो साताको पहिलो दिन सेयर बजार दोहोरो अंकको गिरावट भएको थियो।
यद्यपी अघिल्लो आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा पुगेको थियो।



