सेयर बजारमा लगातार दोस्रो दिन पनि हरियाली छाएको छ ।

गत भदौ २ गते ३१९९.०३ अङ्कमा पुगेर त्यसपछि लगातार घट्दा करिब २० प्रतिशतको गिरावट भएर २५७० अङ्कमा झरेको नेप्सेमा पछिल्लो दुई कारोबार दिनमा नै करिब ११० अङ्कभन्दा माथिको ‘बाउन्स ब्याक’ भएको छ ।

मंगलबार ४१ अङ्कले बढेको नेप्से नप्सेमा आज बुधबार पनि ६८.४७ अङ्कको वृद्धि हुँदा २६८१.१० अङ्कमा बन्द भएको छ ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । पछिल्ला तीन दिन ३ अर्बमा झरको कारोबार रकम आज भने बढेर साढे ४ अर्ब पुगेको छ ।

आज नेप्सेमा ८१ लाख ८९ हजार ८९० कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजारको कारोबार भएको छ ।

आज सेयर बजारमा नेप्से सँगै सबै उपसूचकमा पनि हरियाली छाएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक ६.५९ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ५.८ प्रतिशत र विकास बैंक उपस्ूचक ४.८२ प्रतिशतले बढेको छ ।

त्यस्तै उत्पादनमुलक उपसूचक ३.८९ प्रतिशत, निर्जीवन बिमा उपसूचक ३.५१ प्रतिशत र हाइड्रोपावर उपसूचक ३.४३ प्रतिशतले वृद्धि भएको छ भने बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२५ प्रतिशतले मात्रै बढेको छ ।

सेयर बजारमा हरियाली छाउँदा लाभांश बुक गर्ने अन्तिम दिन सिटीजन्स बैंकको सवार्धिक २३ करोडको सेयर कारोबार हुँदा एनआईसी एशिया लघुवित्तको करिब १६ करोड ८६ लाख र निर्धन उत्थान लघुवित्तको १६ करोड ७८ लाखको सेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको १४ करोड ७५ लाख र छिमेक लघुवित्तको ११ करोड १९ लाखको सेयर कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनकिो सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य धेरै बढ्नेमा फाइनान्स र माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

यता रिडी हाइड्रोपावरको सेयर मूल्य २.१६ प्रतिशतले गिरावट हुँदा ङ्यादी पावरको सेयर मूल्य १.४६ प्रतिशतले घटेको छ ।