रोयल इनफिल्डले आफ्नो मोडलहरूमा मूल्य वृद्धि गरेको छ।

विभिन्न दुई पाङ्ग्रे ब्रान्डको मूल्य बढेको समय रोयल इनफिल्डका बाइकको मूल्यमा पनि वृद्धि देखिएको हो।

विशेष युवा पुस्तामाझ रोयल इनफिल्डका विभिन्न मोडल लोकप्रिय छ।

यसको बाहिरी आवरण, इन्जिन क्षमता र अन्य विशेषता कारण बाइकको मोडलहरूले राम्रो चर्चा पाएको कम्पनीको भनाइ छ।

बाइकको विशेषता मात्र होइन, रोयल इनफिल्डका बाइकहरू हेर्दै ‘स्टाइलिस’ र ‘प्रिमियम’ छ।

बढी इन्जिन क्षमता भएको रोयल इनफिल्डका केही मोडल विशेष लामो दुरीको यात्राको लागि भनेर मात्रै तयार पारिएका छन्।

नेपालमा विभिन्न समय नयाँ मोडलका बाइक सार्वजनिक हुने क्रम पनि जारी छ।

नेपालको लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रा । लि हो।