धितोपत्र बोर्डमा दिपेन्द्र अग्रवालवि’रुद्ध उ’जुरी
“विगत केहि हप्ता देखी लगानीकर्ताको नाममा एक समूह आ’न्दोलन र सहमति भन्दै सेयर बजारमा उच्च चलखेल गर्दै छ ।
कहिले राष्ट्र बैंक, सेबोन त कहिले अर्थमन्त्री अनि कहिले अर्थमन्त्रीले गभर्नरलाई फोन गरे जस्ता आधारहीन विषयले समग्र नेप्सेले ठूलो उत्तरचढाव व्यहोरेको छ।
अग्रवाल आफैमा आ’क्रामक शट्टेबाजी (एप्रेसिभ स्पेकुलेटर) हुन् ।”
अग्रवालको नेतृत्वको समूहले गतसाता मात्रै धितोपत्र बोर्डको कार्यालय घे’राउ गरेको थियो ।
बोर्डमा कार्यकारीको भूमिकामा रहने अध्यक्ष नि’लम्बनमा रहेको बेला बोर्डको कर्मचारीलाई नै ब’न्धक बन्नेगरी उनीहरुको समूहले राति अबेरसम्म बोर्डको गेटमा बसेर अ’वरोध गरे पनि बोर्डको कर्मचारी युनियनले विज्ञप्ति नै जारी गर्दै त्यसको वि’रोध गरेको थियो ।
यस्तो छ उजुरीको बेहोरा
विगत केहि हप्ता देखी लगानीकर्ताको नाममा एक समूह आन्दोलन र सहमती भन्दै शेयर बजारमाउच्च चलखेल गर्दै छ ।
कहिले राष्ट्र बैंक,सेबोन त कहिले अर्थमन्त्री अनि कहिले अर्थमन्त्रीले गर्भनरलाई फोन गरे जस्ता आधारहिन विषयले समग्र नेप्सेले ठूलो उत्तरचढाव व्यहोरेको छ ।
दिपेन्द्र अग्रवाले अग्रसरता लिई बनाएको सो समूहको आ’क्रोश बजारबाट लाभ लिन नसकेको र आफूहरुले बनाएको योजना अनुसार अरुलाई उच्च मूल्यमा शेयर बेच्न नसकेको स्पष्ट रुपमा देखिन्छ ।
अग्रवाल आफैमा आ’क्रामक शट्टेबाजी हुन् । क्लबहाउसमा उनको थुप्रै व्यक्तिसँग भनाभन र झ’गडा परेको छ ।
यसरी बजारमा आ’न्दोलन सहमती भन्दै उपयुक्त समयमा आफूसँग भएको ठूलो शेयर उच्च मुल्यमा बेच्न प्रयासरत मानिसहरुको डिम्याट एकाउन्ट छानवीन गरी ट्रेडिङ एकाउन्ट बन्द गरेर मात्र वार्ता र सहमतीमा आउन नेपाल धितोपत्र बोर्ड सञ्चालक समितीलाई अनुरोध छ ।
अन्यर्था पहुँच नभएका, आ’न्दोलनमा सहभागी नभएका सोझा लगानीकर्ता फ’स्ने निश्चित छ ।
यता वार्ता सफल भयो भन्ने उता आफूसँग भएको शेयर धमाधम बेच्ने प्रवृती कहिलेसम्म हावी हुन दिने ।
साथै पछिल्लो समयमा धितोपत्र बोर्डले बजार सुधार र स्थायीत्वको लागी गरेको कामहरुको स्वागत गर्दै धन्यवाद प्रकट गदर्छ ।
आ’न्दोलनरत समूह र तिनका अगुवाले गरेका कु’कार्य र विभिन्न संचार माध्यममा आएका समाचार यसै पत्र साथ संलग्न गरेर पठाएको छु ।
फेरी पनि उचित छानविन सहित का’रबाहीका लायक मानिसहरुलाई स’जायको भागेदार बनाइयोस् । धन्यवाद ।



