एनएमबि बैंकले निक्षेपमा उच्च ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।
बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९ .५२ प्रतिशत वार्षिक ब्याजदर (० .५ प्रिमियमसहित) प्रदान गर्ने जनाएको छ ।
एनएमबि बैंकमा खाता नभएको ग्राहकहरूले भिभियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।
भिडियो केवाईसी मार्फत ग्राहकहरूले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रूपमा सम्पन्न गर्ने बैंकले जनाएको छ ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत नयाँ खाता खोल्न र यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
