नेप्से स्थिर भए पनि १८ अर्बमाथिको कारोबार, १५ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा
मौद्रिक नीतिपछि केही उतार–चढाव देखिएको सेयर बजारमा आज मंगलबार भएन सामान्य हरियो मात्रै भएर बन्द भएको छ ।
आइतबार र सोमबार उच्च उतार–चढाव देखिएको बजारमा आज भने केही स्थिरता देखिएको छ ।
आज बजार परिसूचक नेप्से ०.२३ अंकले वृद्धि हुँदा ३१६०.३२ अंकमा बन्द भएको छ ।
आज बजारलाई लिड गर्ने बैंकिङ उपसूचकसहित बिमा उपसूचकमा गिरावट हुँदा समेत विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचकले बजारलाई सम्हालेको देखिन्छ ।
बैंकिङ उपसूचक १.१० प्रतिशतले गिरावट हुँदा जीवन बिममा उपसूचक १.४१ प्रतिशत, निर्जीवन बिमा उपसूचक १.२३ प्रतिशत र अन्य उपसूचक १.३८ तथा व्यापार उपसूचक पनि १.४५ प्रतिशतले गिरावट भएको छ ।
विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।
विकास बैंक उपसूचक सर्वाधिक ५.१७ प्रतिशतले वृद्धि हुँदा, वित्त कम्पनी उपसूचक ४.८८ प्रतिशत, हाइड्रोपावर उपसूचक ३.१७ र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेममा ठूलो घटबढ नभए पनि आज कारोबार रकम भने बढेको छ ।
आइतबार अहिलेसममकै उच्च २१ अर्ब ६४ करोडको कारोबार भएको बजारमा हिजो कारोबार रकम १६ अर्बबाट झरेको थियो । तर, आज कारोबार रकम पुनः उकालो लागेर १८ अर्ब नाघेको छ ।
आज नेप्सेमा ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद–बिक्री हुँदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजारको कारोबार भएको छ ।
धेरै रकमको सेयर कारोबार हुनेमा जलविद्युत् कम्पनीको वर्चश्व रहेको छ ।
अपी पावरको सर्वाधिक ८६ करोड ३८ लाख २५ हजारको कारोबार हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको ६२ करोड ४० लाख ७६ हजार र अरुण काबेली पावरको ६० करोड ३४ लाख ३२ हजारको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबारमा आएकामध्ये १५ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।
सेयर मूल्य सर्किट लेभलमा बन्द हुनेमा गोर्खाज फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स र जीवन विकास लघुवित्तबाहेक १२ जलविद्युत् कम्पनी रहेका छन् ।
यता, सेयर मूल्य घट्नेमा भने माछापुच्छ«े बैंक सबैभन्दा अग्र स्थानमा रहेको छ ।
बैंकको सेयर मूल्य २.७५ प्रतिशतले गिरावट हुँदा प्राइम लाइफको सेयर मूल्य २.५८ प्रतिशतले घटेको छ ।



