नेपाल राष्ट्र बैंकले ठूला सेयर लगानीकर्तालाई सेयर धितो (मार्जिन) कर्जामा कडाई गरेको छ ।

आर्थिक वर्ष २०७८०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले एक व्यक्ति वा संस्थाले एक बैंकबाट ४ करोड र एक व्यक्ति वा संस्थाले अधिकतम १२ करोडसम्म (मार्जिन लोन) लिनसक्ने व्यवस्था गरिने बताए ।

साना सेयर लगानीकर्ताको पहुँच बढाउन र सबै लगानीकर्ताले कर्जा पाउने सुनिश्चितता गर्न उक्त व्यवस्था गरिएको उनले बताए ।

मार्जिन कर्जाका लागि कर्जा धितो मूल्य अनुपात भने ७० प्रतिशतमा नै यथावत राखिएको उनले बताए ।