मैलुङ खोला जलविद्युत कम्पनीले भोलि साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदन कहिलेसम्म दिने ?

आइपीओमा साउन १४ गते देखि साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै आइपीओ बिक्री नभएमा भने साउन २८ गतेसम्म खुला रहनेछ ।

कहाँ-कहाँबाट दिने आवेदन

लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

कति दिने आवेदन ?

कम्पनीको आईपीओमा न्युनतम १० कित्ता देखी १००० कित्ता सम्म आवेदन दिन सकिनेछ।आवेदन दिईरहेका लगानीकर्ताहरुको संख्या हेर्दा कम्पनीको आईपिओमा १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

रेटिङ्ग कति

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ।

मैलुङ खोला जलविद्युत कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यो जलविद्युत आयोजना रसुवा जिल्लामा अवस्थित छ ।

यी ४ पोजीसनमा कहिल्यै नसुत्नुहोस, पेटका लागि हुन्छ ख’तरा

यो त तपाई सबैलाई थाहा नै होला, हामी ४ पोजीसनमा सुत्ने गर्छौ। जुन हो एउटा दायाँ तर्फ, बायाँ तर्फ,सिँधा र उल्टो। हामी सबै यस्तै पोजीसनमा सुत्ने गछौँ ।

तपाईले देख्नुभएकै होला, जब हामी सुत्छौँ, सुत्दा सुत्दा डराउँछौँ। या कुनै अनौँठो सपना देखेर सुत्न सक्दैनौ ।

कैँयौ चोटी पोजीसन नमिल्दा बिरामी पनि बनाइदिन्छ। तपाईको सुत्ने पोजीसन गलत हुनुका कारण तपाई बिरामी हुनुभएको महशुस गर्नुहुन्छ। आज हामी केही पोजिसका बारेमा जानकारी दिदैछौँ ।

१) यदि तपाई खाना खाएपछि सुत्ने तरखरमा हुनुहुन्छ भने बायाँ तर्फमा मुख गरेर सुत्नुहोला । यसले तपाईको शरीरमा भएको खानालाई ढिलो ढिलो गरी पचाउँदछ ।

यसो गर्नाले तपाईको शरीरको तापमान सहि रहन्छ । किनकी शरीरको बायाँ तर्फमा पाचन तन्त्र हुन्छ र हृदय पनि शरीरको बायाँ तर्फमा नै हुन्छ।

तर यदि तपाई यसको विपरीत दायाँ तर्फमा सुत्नुहुन्छ भने तब तपाईले खाएको खाना छिटै छिटै पाचन हुन थाल्छ । जुन स्वास्थ्यको लागी हदभन्दा बढि नोक्सानदायक साबित हुन्छ ।

२) हामीले सुत्ने समयमा सिरानी राखेर सिँधा सुत्नु हुँदैन । किनकी यसो गर्नाले मेरुदण्डको हड्डिमा ठुलो समस्या पर्न सक्छ ।

यदि तपाईलाई सिरानी राखेर सुत्नै पर्छ भने बायाँ तर्फ मुख फर्काएर सुत्नुहोला । यसो गर्नाले तपाईको मेरुदण्डको हड्डि सँधै सिधाँ रहन्छ ।

३) ध्यान दिनुहोस् कहिले पनि व्यक्ति पेटमा निर्भर भएर सुत्नुहुँदैन । यसो गर्नाले शरीरलाई सबैभन्दा बढी नोक्सान हुन्छ । र पेटमा निर्भर भएर सुत्नाले अर्थात् उल्टो सुत्नाले शरीरमा धेरै तौल पर्दछ।

जसले हृदय सम्बन्धि बिमारी हुने समस्या पनि सँधै बनिरहन्छ। यतीमात्रै होइन एक अनुसन्धानमा यो पनि भनिएको थियो कि सबैभन्दा खतरनाक पोजीसन पेटको बलमा सुत्नु अर्थात् वा उल्टो सुत्नु हो ।

४) एक अनुसन्धानमा यो पत्ता लगाइएको थियो कि दुनियाभरमा करिब ७५ प्रतिशत मानिस घुँडा खुम्चाएर सुत्ने गर्दछन् । जसले घुडाँको जोइन्ट पोइन्टमा नराम्रो असर पर्दछ । यसरी सुत्नाले तपाईलाई थकाइ दुखाइ उत्पन्न हुनसक्छ।

जसको घुँडा खुम्चाएर सुत्ने बानी हटेकै छैन, त्यस्ता व्यक्तिले दुबै घुँडाको बीचमा सिरानी राखेर सुत्नुहोला । यदि तपाई स्वस्थ र राम्रो निद्रा लिन चाहनुहुन्छ भने यी पोजीसनहरुमा सुत्नु आवश्यक छ।