राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट २४ नेपालीको श’व नेपाल ल्याएको छ।

निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ श’व र तीन अस्तु नेपाल ल्याएको हो।

क–कसको शव आयो ? बुद्धिराम कामी- सल्यान, मनीराम चौधरी- बर्दिया, कर्णबहादुर बुढाथोकी- बैतडी,सन्दीप विक,प्रमोद विक सुनील बीसी- बाग्लुङ, झापटबहादुर थापा- तनहुँ, दलबहादुर मोक्तान- पाँचथर, कृष्णकुमार राई- ललितपुर, होमबहादुर गुरुङ- सुनसरी,रामचरित्र कानु- बारा, अमरबहादुर माझी- सिन्धुपाल्चोक, लोकबहादुर शाही- दैलेख, रुपेशपुलामी मगर- सिरहा, श्यामु थारु- कपिलवस्तु, सोमरबहादुर तामाङ- ओखलढुङ्गा, शम्भु विक- झापा, कमलादेवी भण्डारी- मोरङ, लोकबन्धु लावती- झापा, मति तामाङ- नवलपरासी, यमबहादुर सनारी- पाल्पा, दलमान तामाङ- ओखलढुङ्गा, गोविन्द बोहरा- झापा। अस्तु ल्याइएका – मोहनप्रसाद चौधरी- नवलपरासी, मीनबहादुर विष्ट- डढेलधुरा, रोशनकुमार यादव- सिरहा ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृ’त्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत् नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती श’व आजै आफन्तलाई जिम्मा लगाइएको छ।