गत आर्थिक वर्ष  २०७७/७८ ६३ हजारभन्दा बढी जीवन बिमालेख ‘सरेन्डर’ भएको छ ।

बिमा समितिका अनुसार गत आर्थिक वर्षमा जीवन बिमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको ६३ हजार ३३१ बिमालेख सरेन्डर भएको छ ।

समितिले गरेको स्थलगत सुपरिवेक्षणबाट उक्त तथ्यांक संकलन गरेको समितिले जनाएको छ ।

यस्तै, गत आर्थिक वर्षभमा बिमा कम्पनीहरुले कुल १ खर्ब ५१ अर्ब ४५ करोड ९१ लाख बिमा शुल्क आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका १९ वटा जीवन बिमा कम्पनीहरूले १ खर्ब २० अर्व ५५ करोड २३ लाख र २० निर्जीवन बिमा कम्पनीहरूले ३० अर्ब ९० करोड ६८ लाख बिमा शुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७६७७ को तुलनामा गत आर्थिक वर्षमा जीवन बिमातर्फको कुल बिमा शुल्क २८.१ प्रतिशत र निजीवन बिमातर्फको कुल बिमा शुल्कमा १५ .३५ प्रतिशतले बढेको समितिले जनाएको छ ।

यस्तै, गत आर्थिक वर्षमा जीवन बिमातर्फ १५ हजार ९६४ वटा बिमालेखको जम्मा २ अर्ब २५ करोड २ लाख माग–दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

निर्जीवन बिमातर्फ ८६ हजार ४४० वटा बिमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख बिमा माग–दाबीको भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ ।