अमेरिकामा आफ्नै सहकर्मीलाई गो’ली हानेर ह’त्या गर्ने नेपाली युवक प’क्राउ
अमेरिकाको न्यु जर्सीस्थित मिलन घिमिरे नामक एक युवकलाई आफूसँगै काम गर्ने सहकर्मीको गो’ली हानेर ह’त्या गरेकामा पुलिसले प’क्राउ गरेको छ ।
उक्त घ’टना सोमबार राति स्थानीय समय ९ बजे भएको थियो ।
घ’टनास्थलमा पुग्दा पुलिसले ५६ वर्षीय फु सेवाङ नामक व्यक्तिलाई मृ’त अवस्थामा फेला पारेको थियो ।
उनको शरीरभरि थुप्रै गो’लीको निशान रहेको बताइएको छ ।
यसपछि अनुसन्धानका क्रममा पुलिसले ह’त्याका अ’भियोगी २४ वर्षीय मिलन घिमिरेको पहिचान गरेको छ ।
घिमिरे सेवाङसँगै एक ग्यास स्टेसनमा काम गर्थे । उनलाई न्यु योर्क पुलिस विभागले हि’रासतमा लिएको छ ।
अधिकारीहरुका अनुसार घिमिरेले नै सेवाङको गो’ली हानेर ह’त्या गरेको अनुसन्धानमा खुलासा भएको हो ।
यस्तोमा घिमिरेमाथि अहिले ‘फस्र्ट डिग्री म’र्डर’ सहित अ’वैध ह’तियार बोकेको र प्रमाण हेरफेर समेतको मु’द्दा लागेको छ ।
हाल उनलाई न्युयोर्क सिटीमा का’रबाही सम्बन्धी फैसला अघि बढाउन राखिएको छ ।



