यहीँ जुलाई ३१ मा तय गरिएको एनआरएन अस्ट्रेलियाको निर्वाचनमा प्रकृयामा केहि हेरफेर भएको छ।

एनआरएन अस्ट्रेलियाको नेतृत्वले निर्धाीरत समयमा निर्वाचन समितीलाई सदस्यताको फाइनल सूचि बुझाउन नसकेका कारण निर्धारित कार्यक्रम एक दिन पछि सारेको प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले बताए।

१३ तारिखदेखि उमेद्वा‍री दर्ता प्रकृया अगाडि बढाउने पूर्व निर्धारित कार्यक्रम भएता पनि सदस्यताको सूचि आइनपुग्दा यसो गर्नुपरेको उनले बताए।

‘हिजो राती अध्यक्ष केशव कँडेलले जानकारी गराए र सोही कारण हामीले एक दिन पर सारेका छौ’, उनले भने।

कोरोनाको कहर बढ्नुका साथै चुनावी सरगमी बढदै जाँंदा निर्वाचन निकै रोमान्चक हुने देखिएको छ।

नयाँ निर्वाचन तालिका अनुसार जुलाई १४ र १५ तारिखका दिन उमेदवारी दर्ता, जुलाइ १६ मा उमेदवारी नामावली प्रकाशन, १७ मा दाबी विरोधका लागि समय छुटटइएको प्रमुख  सिग्देलले बताए।

उनले निर्वाचन भने जुलाई ३१ मा बिहान सात बजेदेखि साँझ ७ बजेसम्म भोटरका खुला रहने बताए।

यसपटक एनआरएन अस्ट्रेलियाको सदस्यता ह्वात्तै बढेर १६ हजार नाघेको छ। प्रारम्भमा सदस्य संख्या न्यून बनेपछि तीन साताको समय थप गरेपछि सदस्यता पनि चुनावी सरगर्मीसँंगै बढेको थियो।

यसपटक निर्वाचनमा पेपालवाट पनि करिब तीन हजार सदस्य बनेका कारण यसमा गीफ्ट कार्ड जोडिएर आएको विषयमा ब्यापक विरोध समेत भएको थियो।

यसै सन्दर्भमा यस्ता सदस्यता छानबिन गर्नुपर्ने माग उठिरहँंदा निर्वाचन आयोगले भने एउटा आइपीबाट एक पटकमा चार भोट मात्र हाल्न पाइने नीति अघि सारेको छ।

जुन स्वागतयोग्य कदमका रुपमा लिइएको छ। ‘सोही आइपी एड्रेसबाट चार जनाले मात्र सहज रूपमा भोट दिन पाउने छन् ,यदि थप ब्यक्तिले प्राविधिक कारण सोही आइपी एड्रेसबाट मत दिनु परेको खण्डमा एक घन्टा कुर्नुपर्ने छ’, न्यु साउथवेल्सका निर्वाचन आयुक्त डिल्ली ढकालले बताए।

हाल एनआरएनका महासचिज तथा अध्यक्षका प्रत्यासी डा. ज्ञानेन्द्र रेग्मी र एनएसडब्लु उपाध्यक्ष देब गुरुङलाई पनि संस्थाको कन्फील्ट अफ इन्ट्रेष्ट जुधेको भन्दै काम कर्तब्यवाट बाहिर राखिएको अवस्था छ।

एनआरएन अस्ट्रेलियाको आधिकारीक वेभसाइट खोल्ने हो भने त्यहाफ तिथल मितल र निर्वाचनको सूचना आउँदैछ भन्ने व्यानर मात्र देखिन्छ।