सोमबार पनि सेयर बजारको परिसूचक नेप्से ओरालो लागेको छ। यस दिन ११.१६ अंकले बजार २८२३ अंकमा कायम भएको छ।

परिसूचकसँगै कारोबार रकम पनि खस्किएको छ। यस दिन जम्मा ४ अर्ब ५८ करोड रुपैयाँको सेयर किनबेच भयो।

समूहगत रुपमा हेर्दा ब्यापार र उत्पादन समूह यस दिन चम्किएका छन्। ब्यापार समूह १३२, उत्पादनत २३१ र अन्य समूह ८ अंकले बढे।

बैंकिङ ७, होटल तथा पर्यटन ५९, विकास बैंक १०२, जलविद्युत ५३, फाइनान्स ५७, निर्जीवन बीमा १५६, माइक्रोफाइनान्स ३४ र जीवन बीमा १३६ अंकले घटेका छन्।

यस दिन विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य ५ हजार ८७९ कायम भएको छ।

त्यस्तै हिमालय डिस्टिलरीको मूल्य ८ प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार ६८५ रुपैयाँ पुगेको छ।

छ्याङ्दी हाइड्रोपावरको मूल्य ७ प्रतिशतले बढेर ४५७ रुपैयाँ कायम भएको छ।

त्यस्तै सिइडिबी हाइड्रोपावरको मूल्य ५ प्रतिशतले बढेर ६५४ रुपैयाँ कायम भयो। राष्ट्रिय बीमा कम्पनी संस्थापक समूहको मूल्य ५ प्रतिशतले बढेको छ।

यस दिन गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। त्यस्तै कर्णाली विकास बैंकको मूल्य ५ प्रतिशतले घटेको छ।

हिमालयन डिस्टिलरीको यस दिन सबैभन्दा धेरै ४१ करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै माथिल्लो तामाकोसीको १९ करोडको कारोबार भयो भने नेपाल बैंकको १५ करोडको सेयर किनबेच भयो।