अखिल भारत नेपाली जनएकता मंच भारतको पहलमा एक नेपाली चेलीको उद्धार गर्यो
काठमाण्डौ – अखिल भारत नेपाली जनएकता मंच भारतको पहलमा एक नेपाली चेलीको उद्धार गरेको छ ।
नेपालघर रुकुम रग्सी १४ गाउँपालिका रोल्पाका सिता (नाम परिवर्तन) बुढामगरलाई दलालको घेराभित्र बसेर यौ’न व्यापार गर्न बाध्य बनाईएको यौ’न पि’पासु द’लालहरुबाट मुक्त बनाएर नेपाल पठाएको छ । यो सबै काम अखिल भारत नेपाली जनएकता मंच भारतको तर्फको सहयोगबाट गरिएको थियो ।
उक्त कार्यमा दो’षी पुनम पुन र खडक सिंह दुबै गुम्मा हिमाचल बस्नेलाई अखिल भारत नेपाली जनएकता मंच भारतले गत जुन २८को दिन आफनो सम्पर्कमा लिएर सोधपुछ गरि पि’डित पक्षलाई उद्धार गर्दै न्याय दिलााएको थियो ।
सिता (नाम परिवर्तन) बुढामगरलाई सुरक्षित रुपमा उनको दिदी सुश्मा (नाम परिवर्तन) बुढामगरसम्म पुर्याउनको लागि जुन ३० का दिन हाम्रो समाज अखिल भारत नेपाली जनएकता मंच भारतले आर्थिक सहयोग गरी नेपाल घर पठाईएको कुरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को प्रवास पार्टी शाखाको ईन्चार्ज क. भोट बहादुर थापाले जानकारी दिए । ती दो’षीहरुलाई का’नुनी कारबाही लागि सम्बन्धित निकायमा पठाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को प्रवास पार्टी शाखाको ईन्चार्ज क. भोट बहादुर थापा भन्नुहुन्छ, ‘यस विषयमा विषेश भुमिका निर्वाह गरि सहयोग गर्नु भएको हिमाचल जिल्ला अध्यक्ष हेमराज विकलगायतका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद छ ।’



