Logo

बजेट भाषणमा खुवालुङ फोर्ने सरकारको घोषणा


काठमाडौं । सरकारले जेठ १५ को बजेटमा भाषा परिवर्तनको सहायता लिँदै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ ।

यसपालीको बजेटमा आर्थिक वर्ष २०७८ र ७९ को बजेटले घुमाउरो बाटोमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित देख्न सकिन्छ । सो कुराले पूर्ण रुपमा किटान गर्न सकिन्छ, सरकारले ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ ।

सोहि अनुरुप बजेटमा राखीएको योजना छ, त्यो पनि निकै महत्वकांक्षी योजनमा देखिन्छ ।

जल यातायात शिर्षक अन्तरगर्त बजेटको बुँदा नं ३०४ मा यस्तो लेखिएको छ, ‘आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनल लगायतका पूर्वाधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु । कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने छ । देशको ठूला नदी प्रणालीमा जलयातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गरिनेछ । नारायणी नदीको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगा खण्डलाई मदन–आश्रित जलमार्ग नामाकरण गरिनेछ ।’

 

अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ फुटाउने निर्णयबाट पछि हटेको थियो । तर तीन महिना नबित्दै बजेट भाषणलाई खुवालुङ फुटाउने तीर बनाएको अभियन्ताहरूले बताएछन ।

गत फागुनको दोश्रो हप्तामा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले दिनुभएको एक अभिव्यक्तिलाई उक्त ढुङ्गा (खुवालुङ)सँग जोडिएपछि यसले राजनीतिक तथा सामाजिक क्षेत्रको निरन्तर पारो तताइरहेको थियो ।

साहित्यकार तथा मदन पुरस्कार बिजेता राजन मुकारुङ सामाजिक सन्जालमा लेख्छन, ‘सुन्दा मीठो लाग्ने र पछि भोग्दा आफ्नै पहिचान सकिएको हुने चाहिँ नश्लवादी शासकहरूले ल्याउने विकासे उपनिवेश हो । जस्तो कि यसको सिकार खुवालुङ हुन्छ । मुक्कुमलुङ हुन्छ । सुकेटार हुन्छ । त्यसो त चेपाङहरूको घर भ’त्काएर राम मन्दिर बनाउने, आदिवासीहरूको चिहा-चौतारा भ’त्काएर नेताको नाममा पार्क बनाउने कम्युनिस्ट भनाउँदा जा’तिवादी शासकहरूको मुलुकमा छौं हामी । अहिले ताली बजाऊ अरिङ्गालहरू ! चुपचाप बस दा’सहरू ! अझ फेटा तयार पार, लगाइदेऊ यही शासकको शिरमा ! गर्छौ कुरा संस्कारको ।’

‘खुवालुङ क्षेत्र संरक्षण समिति’का सदस्य रामचन्द्र राई पनि बजेटमा खुवालुङ फुटाउने घोषणालाई सांस्कृतिक दमनको उत्कर्ष मान्छन् । ‘कहिले खुवालुङ संरक्षण गर्ने त कहिले फुटाउने भन्दै सरकारले आदिवासी संस्कृतिको उपहास गरेको’ राई बताउँछन् । त्यसै उपज आज बजेट भाषणमा पनि देखियो ।

किरात महासंघका सचिव नैन सेताल्चु जेरुङ भन्छन, ‘खुवालुङ मुन्धुममा आफ्नो इतिहास, जीवनदर्शन, संस्कार, चिन्तन र समग्रमा समाज सञ्चालनको मूल आधार मान्दै आएका किरात राई समुदायका लागि खुवालुङ ऐतिहासिक स्थल हो । मुख्यतः राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिमा बाँडिएका किराती यही बिन्दुबाट आफ्नो पुर्खा छुट्टिएको विश्वास गर्छन् । मुन्दुम अध्ययेताहरूले उल्लेख गरेअनुसार मुन्धुममा खुवालुङबारे थुप्रै वर्णन पाइन्छ त्यसैले यसलाई संरक्षण गर्नु पर्छ ।’

सामाजिक अभियान्ताहरुसहित आदिबासी जनजाती साहित्यकार महासंघ, किरात महासंघ, किरात राई यायोख्खा, नेपाल (किरात राज्य समिती र लिम्बुवान समिती) किरात राई लेखक संघ, खुवालुङ सरक्षण समिति, याक्थुङ लेखक संघ, लिम्बुवान स्प्रीड आन्दोलन आदि निरन्तर संर्घषमा छन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्