मुन्धुमस्टार डटकम – अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने आफ्नो अपेक्षा रहेको बताएपछी चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले कोभिड-१९ लाई  राजनीतिक आवरण दिएको र अरूलाई दोषी देखाएको’ आरोप लगाएको छ।

उसले कोभिड-१९ र चीनको वुहान शहरमा रहेको अनुसन्धान प्रयोगशालाबीच कुनै सम्बन्ध नरहेको पनि जनाएको छ।